नियम २
२ नाम दर्ताको लागि दरखास्त दिने
ः (१) फार्मेसी व्यवसाय गर्नको लागि दर्ता किताबमा
आफ्नो नाम दर्ता गराउन चाहने फार्मेसी व्यवसायीले अनुसूची – २ बमोजिमको ढाँचामा
परिषदमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिँदा फार्मेसी व्यवसायीले आफ्नो शैक्षिक
योग्यता वा उपाधि तथा त्यस्तो शैक्षिक योग्यता वा उपाधिको सम्बन्धमा आधिकारिक
निकायबाट दिइएको कागजात, नियम २.१ बमोजिम निर्धारित नाम दर्ता दस्तुर,
अनुसूची – ३ बमोजिमको प्रतिज्ञापत्र र परिषदले तोकेको अन्य कागजातका अतिरिक्त
नेपाली नागरिक भए नेपाली नागरिकताको प्रमाणपत्र र गैर नेपाली नागरिक भए राहदानी
वा निजको परिचय जनिने गरी सरकारी निकायबाट जारी भएको परिचयपत्र तथा निजले
जुन संस्थामा काम गर्न चाहेको हो सो को प्रमुखले निजले सो संस्थामा काम गर्नुपर्ने
कारण, अवधि आदि खुलाई निजको नाम दर्ताको लागि गरिदिएको सिफारिशपत्र समेत
संलग्न गर्नुपर्नेछ ।